Connect IPS
IME Life

चार बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चार वाणिज्य बैंकले आफ्नो आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको पुषको अन्तिममा बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि माघ महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । माघमा बैंकले न्युनतम ६ दशमलव ४२ प्रतिशतदेखि ९ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । अब बैंकको बचत खातामा ९.४२ प्रतिशतसम्म ब्याज पाईनेछ ।

Prabhu
Crest

यसअघि अर्थात पुस महिनासम्म रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत व्याज प्रदान गरेको बैंकले अहिले त्यसलाई घटाएर १२ प्रतिशतमा झारेको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, एभरेष्ट बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

त्यस्तै, बैंकले साधारण मुद्दती निक्षेपअन्तर्गत ब्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर र सस्थागततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, बैंकले कर्जामा १३.५० प्रतिशतदेखि अधिकतम १६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी नबिल बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेकोछ । यसअघि बैंकले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

त्यस्तै, बैंकले मुद्दती निक्षेपअन्तर्गत भने न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । साथै बैंकले यता कर्जापट्टि ६ प्रतिशतदेखि अधिकतम १४.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेडले आज आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

त्यस्तै, बैंकले मुद्दती निक्षेपअन्तर्गत भने न्यूनतम ७.३२ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS