Connect IPS
IME Life

पाँच फाइनान्स कम्पनीले घोषणा गरे लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को लागि नेप्सेमा सूचिकृत फाइनान्स कम्पनीहरुमध्ये हालसम्म ५ वटा फाइनान्स कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यस वर्ष सूचिकृत कम्पनीहरुले लाभांश घोषणामा भने ठिलाई गर्दै आएका छन् । अहिलेसम्म गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

यी बाहेक कतिपय कम्पनीहरुले लाभांश घोषणा गर्ने योजनामा रहेका छन् भने केही कम्पनीहरुले भने लाभांश वितरण नगर्ने जनाएका छन् । लाभांश घोषणा गरेका ५ कम्पनीहरुमध्ये सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ५ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश दिने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत वर्षको नाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश दिने भएको छ जसमध्ये ७ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशमलव ३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने जनाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले कुल ७ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये २ दशमलव ४ प्रतिशत बोनश शेयर दिने जनाएको छ भने ५ दशमलव २ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

त्यसैगरी पोखरा फाइनान्सले यस वर्ष आफ्ना शेयरधनीलाई कुल ४ दशमलव २१ प्रतिशत मात्र लाभांश दिने भएको छ जसमध्ये ४ प्रतिशत बोनश शेयर दिने भएको हो भने कर प्रयोजनका लागि ० दशमलव २१ प्रतिशत नगद लभांश वितरण गर्ने जनाएको छ ।

गत वर्षको नाफाबाट शेयरधनीलाई सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ जसमध्ये कम्पनीले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत नै नगद लाभांश मात्र वितरण गर्ने जनाएको छ ।

बुक क्लोज
लाभांश घोषणा गरेका यी पाँच कम्पनीमध्ृ कतिपयले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले भने बुक क्लोजको मिति तय गरेको छैन् । त्यसकारण यस कम्पनीके शेयर किन्दा अझै लाभांश पाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS