Connect IPS
IME Life

सामाजिक सुरक्षा काेषले साढे ९ अर्ब रूपैयाँ मुद्दती निक्षेपका लागी प्रस्ताव माग्याे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । सामाजिक सुरक्षा काेषले जम्मा गर्न लागेकाे मुद्दती निक्षेपमा ९ अर्ब ६६ कराेड रुपैयाँ लगानीका लागी वाणिज्य बै‌ंकले प्रस्ताव पेश गर्नका लागी आइतबार अन्तिम दिन । काेषले याेगदानकर्ताबाट स‌ंकलित रकम लगानीका लागी मुद्दती निक्षेपमा लगानी गर्ने याेजना अन्तर्गत पाैष २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर क वर्गकाे वाणिज्य बैंकसँग माघ १ गते दिउँसाे २ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेकाे हाे । माघ १ गते आइतबार सार्वजनिक बिदा परेकाे भएपनि काेषले अन्तिम दिन सार्वजनिक बिदा परेकाे अवस्थामा साेही दिन अन्तिम दिन मानिने वा भाेलीपल्टसम्मकाे अवधिलाई मान्यता दिने भन्ने बारे केही उल्लेख गरेकाे छैन ।

काेषले प्रकाशन गरेकाे सूचना अनुसार न्यूनत्तम पूँजी काेष अनुपात ११ प्रतिशतभन्दा बढी भएकाे कूल निष्कृय कर्जा सापटकाे ५ प्रतिशत भन्दा कम भएकाे र खुद तरल सम्पत्ती खुद स्वदेशी सम्पत्तीकाे कम्तीमा २० प्रतिशत हुनुपर्ने शर्त छ । काेषले निकटत्तम अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थापछि संचालन मनुाफामा रहकाे र बैंकका बहालवाला सञ्चालक, कायुकारी प्रमुख तथा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले कुनै पनि आर्थिक जरिवाना नगरेको हुनुपर्ने शर्त समेत राखेकाे छ । यसबाहेक न्यूनत्तम ५० लाख रूपैयाँ निक्षेप स्वीकार्नुपर्नेछ । माघ महिना भरका लागी मुद्दती निक्षेपकाे प्रस्तावित ब्याज घटाउन नपाउने समेत शर्त छ।

Prabhu
Crest

बैंकर संघले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपकाे ब्याज दर ९.५ प्रतिशत बिन्दुले कटाैती गर्ने निर्णय गरेकाले काेषले लगानी गर्ने मुद्दती निक्षेपमा प्राप्त हुने आम्दानी पाैष महिनाकाे तुलनामा घट्ने भएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS