काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १९औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको कुल १० प्रतिशत (५ प्रतिशत बोनश शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।
वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा एन।अमात्य एण्ड कं चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।
चुक्तापूँजी १ अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा ए।टि।एम मार्फत सेवा दिँदै आएको छ ।
यस फाइनान्सले चालु आ।व। सम्म १८ अर्ब ७७ करोड निक्षेप संकलन र १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।