काठमाडौं । महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश सहित कुल १०.४७ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई बोनस र नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले आव २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।