काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट चुक्ता पूँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित भएको छ ।
चुक्ता पूँजीको ४% का दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । आजै सम्पन्न साधारणसभाले निर्वाचन प्रणालीबाट निर्वाचित ५ सञ्चालकलाई अनुमोदन गरेको छ । संस्थापक सेयरधनीहरूको तर्फबाट राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन सहित सम्पुर्ण वित्तीय विवरण पारित गरेको छ ।