Connect IPS
IME Life

नेपालीलाई विदेशमा सम्पत्ती खरिद गर्न प्रतिवन्ध, विदेशी बैंकमा पैसा समेत राख्न नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई नेपालबाटै पैसा लगेर विदेशी मुलुकमा सम्पत्ती खरिद गर्न प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकले विदेशमा घर, जग्गा, शेयर खरिद गर्नुका साथै विदेशी बैंकमा पैसा जम्मा गर्न समेत प्रतिवन्ध लगाएको हो ।

विदेशी विनिमय ऐन २०१९ को दफा १० (क)ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ (ग) मा राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबार गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्ध लगाएको छ । सोहि व्यवस्था अनुसार नेपालमा बसोबार गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु नगर्न सूचित गरेको हो ।

Prabhu
Crest

जस अन्तर्गत विदेशमा घर-जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ती खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पूँजीगत प्रकृतिका कारोबार र राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न नगराउन सबैलाई जानकारी गराइएको छ । यदि कसैले यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो व्यवस्था अहिले कार्यान्वयनमै छ । तर नेपालीहरुले विदेशी मुलुकमा गएर घरजग्गा खरिद गर्नेदेखि लिएर पैसा पठाउने क्रम बढे पछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । पछिल्ला दिनमा नेपालीहरुले विदेशी मुलुकमा गएर घरजग्गा खरिद गर्ने प्रचलन बढेको छ । आफु सहित आफ्ना परिवारका सदश्यहरु विदेशी मुलुकमा बसोबास गर्न थाले पछि उनिहरुले यहाँको सम्पत्ती बेच्दै बाहिर पठाउन थालेका हुन् । यसले गर्दा ठुलो रकम विदेशीरहेको विश्लेषकहरुले बताउदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS