काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । घुवित्तले होटल एशियन प्रा।लि, बुटवल, रुपन्देहीमासम्पन्न गराएको हे । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
यसका साथै सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्र राज शर्मा, विष्णु प्रसाद पौड्याल र दामोदर जोरी निर्वाचित भएको छन् । साथै, सभाले राजेन्द्र प्रसाद दाहाललाई अध्यक्षमा समेत चयन गरेको छ ।