Connect IPS
IME Life

हिमालयन बैंकका सिइओ अशोक राणाको वार्षिक तलब सुविधा २ करोड १५ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो गभर्नर हिमालयन शम्सेर राणाका छोरा अशोक राणाले हिमालयन बैंकबाट वार्षिक २ करोड १५ लाख रुपैयाँ बराबरको तलब भत्ता बुझ्छन् । उनि हिमालयन बैंकमा विगत दुई दशकदेखि प्रमुख कार्यकारी अधिकृत पदमा छन् ।

राणाले गत आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६ लाख रुपैयाँ तलब बुझेका छन् । यस बाहेक उनले ९५ लाख ४८ हजार रुपैयाँ भत्ता बुझेका छन् । राणताले टेलिफोन/मोबाइल खर्च ४ लाख ४४ हजार र विधिध तर्फ ९ लाख २२ हजार रुपैयाँ बुझेका छन् । राणाले यस बाहेक नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस पनि प्राप्त गर्छन् । जुन लेखापरीक्षण प्रतिवेदनमा खुलाइएको छैन ।

Prabhu
Crest

राणालाई बैंकले गाडीको सुविधा दिने गरेको छ । बैंकले उनको बीमा समेत गरिदिएको छ । उनले गएको वर्षमा पनि तलब भत्ता र अन्य सुविधा बापत यतिनै रकम बुझेका थिए । उनले प्राप्त गर्ने सम्पुर्ण रकममा भने बोनस लगायतका व्यवस्थाले तल माथी पर्न जान्छ ।

गत आर्थिक वर्षमा सञ्चालकहरुले ५३ लाख ४ हजार रुपैयाँ बराबरको बैठक भत्ता तथा अन्य बुझेका छन् । गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जरका लागि धेरै प्रयास गर्यो सोहि क्रममा सञ्चालक समितिको खर्च बढेको हो । बैंकका उच्च व्यवस्थापन समुहका कर्मचारीहरुले पनि गत बर्थिक वर्षमा ३२ करोड ६४ लाख रुपैयाँ बुझेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS