काठमाडौं । सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ८० लाख रुपैयाँ बराबरको तलब भत्ता तथा अन्य सुविधाहरु प्रदान गरेको छ । यो सुविधा २०७८ साउन २८ गतेसम्म निवर्तमान प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र हालका सिइओ सुन्दर प्रसाद कडेलले बुझेका हुन् ।
बैंकले कडेललाई मंसिर २७ गतेदेखि लागु हुने गरि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । गौतमको अवकास पछि बैंकले कडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । त्यसैले बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृतलाई दिएको तलब सुविधा मध्ये अधिकाम्स रकम कडेलले नै बुझेका छन् ।
बैंकले आजै आह्वान गरेको एकाइसौ वार्षिक साधारणसभाबाट १२.५० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । बैंकले यस पटक बोनस शेयर मार्फत पूँजी बढाउने रणनीति लिएको छ ।