काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा सम्पन्न भएको हो ।
हिमालयन डिष्टिलरीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनश शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने र लेखारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।