काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैंठकले कुल चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने भएको हो । हाल बैंकको कायम चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ ।
बैंकले नगद लाभांशतर्फ कुल चुक्ता पूँजीको ० दशमलव २६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । साथै बोनश शेयर तर्फ भने हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशले हुन आउने २ करोड ५० लाख कित्ता शेयर वितरण गर्ने बैंकले जनाएको छ ।