Connect IPS
IME Life

६ वाणिज्य बैंक सहित ११ कम्पनीको साधारण सभा आज, लाभांश के-के छन् अन्य एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बिहीवार ११ वटा कम्पनीले साधारण सभा हुँदैछ । लक्ष्मी बैंक, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, राधी विद्युत कम्पनी, इमर्जिङ्ग नेपाल र सोल्टी होटलको साधारण सभा आज हुँदैछ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ४ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

सिद्धार्थ बैंकले आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा पुस १२ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुंग्याउनेछ । साथै सभाले कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य छन् ।

राधी विद्युत कम्पनी लिमिटेडले त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य छन् ।

सोल्टी होटलले नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादीमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिश बोनस शेयर र २१ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । यसका आधारमा पुस ६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

त्यस्तै हिमालयन बैंकले होटल सोल्टी सोल्टीमोडमा बिहान ११ बजे साधारण सभा शुरू हुने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश ९ करसहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरिसकेको छ । यसका अधारमा पुस १७ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

त्यस्तै सिभिल बैंकले अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरेको छ । यसका आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लक्ष्मी बैंक लिमिटेडले साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ । सभाले लक्ष्मी बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वार्षिक साधारण सभा लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहानको १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सभा थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा बिहान ११ बजे शुरू हुने जनाएको छ । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS