Connect IPS
IME Life

लाभांश पारित सहित यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बाह्य लेखापरीक्षक नियुक्ती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शंखमुल स्थित अनमोल ब्याक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनश शेयर र ० दशमलव २६३२ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनीेको गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस आर्थिक वर्ष २०७८/७९ मा बीमा शुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ ।

साथै चालु आर्थिक वर्ष २०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आर्थिक वर्ष २०७९/८० को पौष ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS