Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ६ संचालक निर्बिरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न भएको छ । आज मंगलबार कम्पनीको साधारण सभा कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ९ प्रतिशत प्रतिशत नगद लाभांश र ३ प्रतिशत प्रतिशत बोनस शेयर सहित कुल १२ प्रतिशत प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Prabhu
Crest

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५औं वार्षिक साधारण सभामा आर्थिक वर्ष२०७८/७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका छन्।

बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS