काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाको आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरीक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहकोले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंक समक्ष पेश भई नसकेको हुँदा संस्थाले पुस भित्र साधारण सभा गर्न नसक्ने जनाएको छ ।
कम्पनीको उक्त वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी चैत मसान्तभित्र साधारण सभा गर्ने जनाएको छ ।
1673342774070