Connect IPS
IME Life

सम्पुर्ण बाणिज्य बैंकको लाभांश घोषणा, नविलको सर्वाधिक हुँदा कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका सम्पुर्ण बाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षमा मर्जर भन्दा अगाडि कायम २६ बाणिज्य बैंक मध्ये २२ वटाले लाभांश दिएका छन् । बाँकी ४ वटाले भने गत वर्षको मुनाफाबाट लाभांश दिएनन् ।

यस वर्ष बाणिज्य बैंकहरुको औषत लाभांश १२.७२ प्रतिशत रहेको छ । बैंकहरुले यस वर्ष नगदलाई बढि प्राथमिकता दिएका छन् । औषतमा ७.५१ प्रतिशत नगद र ५.२१ प्रतिशत बोनस शेयर दिएका छन् । चार वटा बाणिज्य बैंकले नगद लाभांश मात्रै दिएका छन् । त्यस्तै चार वटाले बोनस शेयर मात्रै दिएका छन् । बाँकीले नगद र बोनस शेयर मिलाएर दिएका छन् । बैंकको व्याजदर उच्च हुँदा अहिले लगानीकर्ताहरु चरम तरलता अभावको संकटमा छन् । यसले गर्दा पनि उनिहरुको ध्यान नगदमा गएको हो । संस्थापक अझ ठुला लगानीकर्ताहरुलाई बोनस शेयर भन्दा पनि नगद लाभांश वितरण गर्दा धेरै सहज हुन्छ ।

Prabhu
Crest

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा लेखापरीक्षण सहित साधारणसभा सम्पन्न गर्नु पर्ने हुन्छ । बाणिज्य बैंकहरु मध्ये कृषि विकास बैकले मात्रै लाभांश घोषणा गर्न बाँकी थियो । आज कृषि विकासले लाभांश घोषणा गरे सँगै अव सबै बाणिज्य बैंकले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा लेखापरीक्षण तयार गरेका छन् ।

यस वर्ष सबैभन्दा धेरै नविल बैंकले ३० प्रतिशत लाभांश दिएको छ । नेपाल बंगालदेश बैंकलाई गाभेर जगेडा कोष बलियो बनाएको नविलले यस वर्ष शेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश दिदैछ ।

ग्लोबल आइएमई बैंक सँग मर्ज भएको बैंक अफ काठमाण्डूले यस वर्ष दोस्रो धेरै लाभांश दिएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश सहित २०.९५ प्रतिशत लाभांश दिएको छ । अव बैंक अफ काठमाण्डूका शेयरधनी ग्लोबल आइएमई बैंकको शेयरधनी भएका छन् ।

विगतका वर्षमा खासै लाभांश नदिइ बसेको एभरेष्ट बैंकले यस वर्ष तेस्रो ठुलो लाभांश दिएको छ । बैंकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश दिएको छ । नेपाल इन्भेष्टमेन्ट सँग मर्जर भाडिएर सिभिल बैंकलाई प्राप्ति गर्ने चरणमा रहेको हिमालयन बैंकले यस वर्ष शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद सहित कुल १९.११ प्रतिशत लाभांश दिएको छ । स्ट्याण्डर्ड चार्टर्डले पनि १६.५१ प्रतिशत नगद लाभांश दिएको छ ।

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १०.६० प्रतिशत नगद लाभांश दियो । सिद्धार्थ बैंकले भने बोनस शेयरलाई प्राथमिकता दिएको छ । बैंकले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस पछि आजै लाभांश घोषणा गरेको कृषि विकास बैंक रहेको छ । कृषिले २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यस पछि राष्ट्रिय बाणिज्य बैंकले ५ प्रतिशत बोनस शेयर र साढे ७ प्रतिशत नगद सहित साढे १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एनसिसी बैंक सँग मर्जर गरेको कुमारीले यस वर्ष शेयरधनीलाई साढे १२ प्रतिशत नगद मात्रै दियो । नेपाल बैंकले २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिएको छ ।

सानिमा बैंकले १० प्रतिशत बोनस शेयर, नेपाल एसबिआइले तीन प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश, सिटिजन बैंकले ९ प्रतिशत नगद लाभांश, प्राइमले ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश, एनएमबीले ८.२५ प्रतिशत नगद लाभांश, प्रभुले ६.५ प्रतिशत बोनस शेयर, मेगाले ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश, सिभिलले ५ प्रतिशत बोनस शेयर र सेञ्चुरीले ४.७५ प्रतिशत बोनस शेयर दिएको छ ।

यस वर्ष लक्ष्मी बैंक, सन राइज बैंक, माछापुच्छ्रे बैंक र एनआइसी एशियाले लाभांश दिएनन् । लक्ष्मी र सन राइजले यस वर्ष लाभांश नदिइ मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मर्ज पछि यि दुबै बैंकको जगेडा कोष बलियो हुनेछ । मर्जर पछि बन्ने बैंकले आकर्षक लाभांश दिन सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

52%

खुसी

5%

दु :खी

19%

अचम्मित

10%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS