काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका लक्ष्मी बैंक र सनराइज बैंकका आधारभुत शेयरधनीको शेयर कारोबार रोक्का गरिएको छ । दुबै बैंकका एक प्रतिशत भन्दा माथिको शेयर स्वामित्व भएका शेयरधनीहरुको कारोबार रोक्का भएको हो । एक प्रतिशत भन्दा कम स्वामित्व भएका शेयरधनीहरुको पनि शेयर कारोबार खुला रहन्छ ।
दुई बैंकले हिजो पुस २५ गते अपरान्ह साढे ४ बजे प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यदि दुबै बैंकले बराबरी स्वाप रेसियोमा मर्जर गरेमा मर्जर पछि चुक्ता पूँजी २१ अर्ब ६६ करोड पुग्नेछ । त्यस्तै निक्षेप २ खर्ब ६५ अर्ब नाघ्नेछ । कर्जा लगानी भने २ खर्ब ४८ अर्ब पुग्नेछ ।
1673325848925
1673326329632