काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बाँडफाँड गर्दा नपरेको शेयर वापतको रकम आजबाट फिर्ता गर्न शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पुस २० गते आइपीओ बाँडफाँड गरेको थियो ।
संकलन केन्द्रबाट दरखास्त फारम बुझाएका लगानीकर्ताको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सम्बन्धित लगानीकर्ताले उल्लेख गरेको बैंक खातामै रकमान्तर गर्न शुरु गरिएको हो ।
यसर्थ आफ्नो रकम बैंक खातामा जम्मा भए नभएको यकिन गर्न कम्पनीले आग्रह गरेको छ । यदि रकम फिर्ता भुक्तानी नभएको पाइएमा बैंक खाता नम्बरसहित निष्काशन तथा विक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न समेत कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।