काठमाडौं । नेपाल वेयर वेयरहाउजिङ कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस २२ गते सेबोनमा निवेदन दिएको हो ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी निम्बस ग्रूप अन्तर्गतको पब्लिक कम्पनी हो । कम्पनीले हेटौंडा, वीरगञ्ज, बाराको जितपुर, कोहलपुर, कपिलवस्तु र इटहरीमा खानेतेल, पीठो, पशुपन्छीको दाना, पिनाको विक्रीवितरण तथा अन्न भण्डारण गर्दै आएको छ ।