Connect IPS
IME Life

म्याण्डेट अनुसार काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माननीय उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण गर्दै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउँदै विगतमा भएका कमजोरीलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने– ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु ।’

Prabhu
Crest

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउँदै उप–प्रधान तथा गृहमन्त्री लामिछानेले भभने–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’ उनले मनमा जहिले पनि हामी थोरै छौं तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौ, राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताए।

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोसा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताए ।

उनले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्छ भने केहि घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्य गर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त
जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए ।

उनले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताए । संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासन प्रतिको संवेदनशिलता, फौजी अनुशासन, चेनअफ कमाण्डको पालना, सेवाग्राही जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको आधारमा संगठनको व्यावसायिकताको स्तर मापन हुनुका साथै आम जनमानसको विश्वास कायम रहने चर्चा गर्दै संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासहरुमा मन्त्रालयबाट पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरु माननीय उप–प्रधान तथा गृहमन्त्री समक्ष प्रस्तुत गरेका थिए। उनले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको बताउदै बृत्तिबिकासको साथसाथै पेन्सन अवधि जुनियर अधिकृतको १८ वर्ष, विल्लादार जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

यसैगरी जुनियर अधिकृतमा भर्ना नलिने र सशस्त्र प्रहरी निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट भर्नाको अनुपात बढाउने नीतिगत सुधारका योजना प्रस्तुत गर्दै महानिरीक्षक अर्यालले संगठनको स्वायत्तताको लागि विद्यमान संघिय ऐन तथा नियममा समेत समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रिय आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी थिए । सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS