काठमाडौं । कुमारी बैंकले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा मर्ज भएपश्चात बनेको कुमारी बैंकको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरू गर्न कुमारी क्यापिटलबाट हुनेछ ।
साविक नेपाल क्रेटिड एण्ड कमर्स बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरुपनि कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।