काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले शुक्रवार नेप्सेमा सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जनाएको छ।
कम्पनीले बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकिने जनाएको छ ।
साथै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
1672983735078