Connect IPS
IME Life

बीमा प्राधिकरणले माघमा थप तीन प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउदै, प्रारम्भिक तयारी सकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माघ महिनादेखि बाँकी तीन वटा प्रदेशमा प्रादेशिक सञ्चालन गर्ने भएको छ । प्राधिकरणले गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र प्रदेश एकको कार्यालय विराटनगरमा स्थापना गर्न थालेको हो ।

प्राधिकरणले तीन वटै प्रदेश कार्यालयका लागि आवस्यक कार्यालयको व्यवस्थापन समेत गरिसकेको छ । आवस्यक घर खोज्नेदेखि लिएर आवस्यक फर्निचरको समेत व्यवस्थापन भइरहेको छ । प्राधिकरणका अनुसार घर खोज्ने काम सकिएको छ भने कार्यालय स्थापनका लागि आवस्यक फर्निचर व्यवस्थापनको काम भइरहेको छ ।

Prabhu
Crest

गण्डकी प्रदेश कार्यालय सञ्चालनका लागि आवस्यक प्रवन्ध मिलाउने काम सहायक निर्देशक सम्भु प्रसाद मिश्रले गरेका थिए । त्यस्तै सहायक निर्देशक पुर्ण बहादुर थापाले लुम्बिनी प्रदेश कार्यालय र प्रदेश एकको कार्यालय सहायक निर्देशक विनोद कुमार पोखरेलले व्यवस्थापन गरेका हुन् ।

प्राधिकरणका अनुसार तीन वटै प्रदेश कार्यालयका लागि आवस्यक कर्मचारीको बाडफाँड समेत भइसकेको छ । यस पटक पुराना भन्द पनि नयाँ कर्मचारीहरुलाई प्रादेशिक कार्यालयमा प्राथमिकता दिइएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए ।

प्राधिकरणले यस भन्दा अगाडि तीन वटा प्रदेश कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । दुई वटा प्रदेश कार्यालय तत्कालिन अर्थमन्त्री आफैले उद्घाटन गरेका थिए भने मधेश प्रदेश कार्यालयको उद्घाटन भने प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आफैले गरेका थिए । प्राधिकरणले हाल कर्णाली, सुदुरपश्चिम र मधेष प्रदेश कार्यालय सञ्चालनमा ल्याइरहेको छ ।

अव माघ महिनामा कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिएका तीन वटा सहित प्रादेशिक कार्यालय संख्या ६ वटा पुग्नेछ । प्राधिकरणले वागमती प्रदेश कार्यालय भने तत्काल स्थापना गर्ने सोच बनाएको छ । केन्द्रिय कार्यालय बागमती प्रदेशमै भएकाले साहेद प्रादेशिक कार्यालयलाई केन्द्रिय कार्यालयमै राख्नेछ ।

प्राधिकरणले आफ्नै सेवा सुविधालाई प्रादेशिक स्तरबाटै प्रवाह गर्ने योजना अनुरुप यसरी कार्यालय स्थापना गरेको हो । अवको केहि समयमै प्राधिकरणले बीमा अभिकर्ता लाइसेन्स र नविकरणको जिम्मेवारी प्रादेशिक कार्यालयलाई दिदैछ । यसका लागि आफ्नो केन्द्रिकृत सफ्टवेयरमा प्रादेशिक कार्यालयलाई छुट्टै लगइन दिनेछ ।

यसका साथै प्राधिकरणले प्रादेशिक कार्यालयलाई आफ्नो क्षेत्र भित्रका बीमा कम्पनीका शाखा कार्यालयको अनुगमन र निरिक्षण गर्न पाउनेछ । अहिले प्रारम्भिक चरणमा तीन वटै प्रादेशिक कार्यालयले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । स्थानीय निकायका पदाधिकारीहरु सँग समन्वय गरेर प्रादेशिक कार्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । उनिहरुले जनचेतनामुलक कार्यक्रम मात्रै आयोजना गरिरहेका छैनन् मोफसलमा बीमाको अवस्थालाई पनि नजिकबाट नियालिरहेका छन् । प्राधिकरणले यस्ता प्रदेशिक कार्यालयलाई अधिकार सहित पठाएको हुँदा उनिहरुले नियमको परिधिभित्र रहेर काम गर्न सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS