काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने जनाएको छ । कम्पनीले एक सुचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र नगर्ने जनाएको छ ।
कम्पनीले प्राविधिक कारणले बाह्य लेखापरीक्षण कार्यमा ढिलाइ हुँदा गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा यस महिनाभित्र साधारण सभा सम्पन्न गर्न नसकिने बताएको हो ।
साथै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म गर्ने जनाएको छ ।
1672895678896