काठमाडौं । प्रभु बैंक लिमिटेडले १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ । बैंकले पुस २१ गते उल्लेखित कित्ता शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
तोकिएको मितिभित्र तोकिएको मूल्यलाई समेत ध्यानमा राखी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।