काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबैले गत पुस ११ गते बोर्ड समक्ष स्वीकृतिका लागि निवेदन पेश गरेका थिए ।
दुबै बैंकको निवेदन पश्चात बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा चार बमोजिम स्वीकृति प्रदान गरेको हो ।
दुबै बैंकले नेपाल राष्ट्र बैंकले पनि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अवको एक महिना भित्रमा दुई बैंकले एकिकृत कारोबारको शुभारम्भ गर्नेछन् ।
1672807821650