Connect IPS
IME Life

नेपाल बीमा प्राधिकरणद्धारा राप्ती सोनारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणका उप निर्देशक विरोध भट्टको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा गाउँपालिका उपप्रमुख मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री रहेका थिए । साथै विभिन्न वडाका अध्यक्षहरुm कार्यपालिकाका सदस्यहरु, लगाएत बीमा शाखा कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको संचालन भने प्राधिकरणका सहायक निर्देशक अनुराग पाण्डेले गरेका थिए ।

Prabhu
Crest

उक्त अन्तरक्रिया कार्यक्रममा बीमाको महत्व र बीमा किन आवश्यक छ भन्ने बारे प्राधिकरणका उपनिर्देशक भट्टले स्पष्टिकरण राखेका थिए । साथै उनले बीमा बारे कुनै गुनासो भएमा वा बीमा क्लेम गर्नुपरेमा सिधै प्राधिकरणसँग समन्वयन गर्न गाउँपालिका तथा उपस्थित सम्पूर्णलाई आग्रह गरेका थिए । नेपाल सरकारले तथा कृषि बीमाका प्रदान गर्दै आएको ८० प्रतिशत अनुदानमा गाउँपालिकाले थप २० प्रतिशत अनुदान प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । गाउँपालिकाले नेको इन्स्योरेन्ससँग टाइअप गर्दै उक्त सेवा प्रदान गर्दै आएको उनको भनाई छ । साथै उनले लाइफ इन्स्योरेन्स तर्फ घरधुरी बीमा गर्ने सुविधालाई अघि सार्दै पोलिसी निर्माणको क्रममा रहेकोले प्राधिकरणसँग सहयोगको लागि अनुरोध गरेका छन् । विशेषत पिछडीएका, गरिब तथा दलित समुदायका बालबालिकालाई लक्षित गर्दै घरधुरी बीमा गर्ने योजना अघि बढाइएको अध्यक्ष पौडेलको भनाई छ । यस बीमा मार्फत उक्त समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गाउँपालिकाको योजना रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS