काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । काभ्रेपलाञ्चोकमै केन्द्रिय कार्यालय रहेका स्वरोजगार र समता घरेलुले मर्जरको प्रारम्भिक सहमतिपत्रमा हिजो पुस १८ गते अपरान्ह ४:४५ बजे हस्ताक्षर गरेका हुन् ।
मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै दुबैले आधारभुत शेयरधनीको कारोबार रोक्का लागि नेप्सेलाई जानकारी गराएका छन् । हाल स्वरोजगारको चुक्ता पूँजी ५१ करोड ४० लाख रहेको छ भने समता घरेलुको ३४ करोड २७ लाख रुपैयाँ छ । यदि बराबरी हैसियतमा मर्जर भएमा ८५ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
1672720270563