Connect IPS
IME Life

पाँच कम्पनीको शेयर मुल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, सिवाईसी नेपाल लघुवित्त र पोखरा फाइनान्सको शेयर मूल्य समायोजन गरेको छ । मंगलवार यी कम्पनीहरूले आगामी वार्षिक साधारण सभाका लागि बुक क्लोज गर्ने भएकाले प्रस्तावित बोनश शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेले यी कम्पनीहरुको पुस १८ गतेसम्म कायम अन्तिम शेयर मूल्यको आधारमा मूल्य समायोजन गरेको छ । मंगलवार समायोजनपछिको मूल्यको आधारमा यी कम्पनीको शेयर कारोबार खुला हुनेछ । बुक क्लोजको आधारमा यी कम्पनीको प्रस्तावित लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

Prabhu
Crest

सिभिल बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य २५० रुपैयाँको आधारमा नेप्सेले ५ प्रतिशत बोनश शेयरपछिको मूल्य २३८ रुपैयाँ १० पैसा कायम गरेको छ । बैंकले कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै आइसिएफसी फाइनान्सको सोमवार कायम अन्तिम शेयर मूल्य ४६८ रुपैयाँको आधारमा नेप्सेले ५ प्रतिशत बोनश शेयरपछिको मूल्य ४४५ रुपैयाँ ७१ पैसा कायम गरेको छ । आइसिएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस शेयरसँगै करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सोमवार कायम अन्तिम शेयर मूल्य ३३७ रुपैयाँको आधारमा नेप्सेले २ दशमलव ४० प्रतिशत बोनश शेयरपछिको मूल्य ३२९ रुपैयाँ १० पैसा तोकेको छ । यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनश शेयरसँगै ५ दशमलव २० प्रतिशत कर समेत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा गर्ने जनाएको छ ।

पोखरा फाइनान्सको ४ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन गरेको हो । कम्पनीको अन्तिम शेयर मूल्य ३८८ रुपैयाँको आधारमा बोनसपछिको मूल्य ३७३ रुपैयाँ शून्य ८ पैसा तोकेको हो । पोखरा फाइनान्सले यस वर्ष बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । पोखरा फाइनान्सले पुस २९ गते साधारण सभा गर्दैछ ।

सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले १ हजार ९२९ रुपैयाँ २३ पैसा तोकेको छ । नेप्सेले कम्पनीको सोमवार कायम अन्तिम शेयर मूल्य  २ हजार ५०८ रुपैयाँको आधारमा ३० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ । प्रस्तावित यो लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

52%

खुसी

43%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS