Connect IPS
IME Life

आजसम्म यी पाँच कम्पनीको शेयर किन्नेले प्रस्तावित बम्पर लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण पुस आज १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सिवाइसी नेपालले पुस ३० गते सभा गर्ने जनाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय पोखरामा आयोजना गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३१ दशमलव ५८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू हुने जनाएको छ ।

त्यस्तै आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २० प्रतिशत नगद लाभांश करसहित र २ दशमलव ४० प्रतिशत बोनश शेयर वितरण गर्ने निणर्य गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुने जनाएको छ ।

त्यसैगरी पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS