Connect IPS
IME Life

१७ वर्षकै उमेरमा एमडिआरटी बनिन् भैरहवाकी जस्मीन पुरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर जस्मीन पुरी १७ वर्षको उमेरमा मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) मा छनोट हुन सफल भएकी छिन् । कम्पनीको भैरहवा क्षेत्र अन्तर्गत परासी शाखाकी एजेन्सी म्यानेजर जस्मीन पुरी एमडिआरटी २०२३’ का लागि योग्य भएकी हुन् ।

जस्मीन पुरीले छोटो समयमा नै आफ्नो व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएकी हुन् । उनी अहिले १२ कक्षामा अध्ययनरत छात्रा पनि हुन । सानै देखि अत्यन्तै मिहेनती, लगनशिल र नम्र स्वभावकी जस्मिन पुरी मिहेनत गरे के हुदैन र भन्ने कुराको उदाहरणीय पात्र पनि हुन । सानो उमेरदेखि नै जीवन बीमा क्षेत्रमा संलग्न भएकी उनी बीमा व्यवसायसँगै आफ्नो अध्ययनलाई पनि अघि बढाउँदै आएकी छिन् । अभिकर्ता पेशामा सक्रिया भएकी उनी मेहेनत गरे मात्र फल प्राप्त हुन्छ भन्ने सोच राख्छिन् ।

Prabhu
Crest

अभिकर्ताहरुको लागि सम्मानको रुपमा हेरिने एमडिआरटिलाई प्रतिष्ठाको रुप पनि दिइन्छ । सन् १९२७ मा स्थापित संस्थाको मुख्य कार्यालय अमेरिकामा रहेको छ। बिश्वभरीका पेसेबर अभिकर्ताहरुले वर्षभरी बीमा व्यवसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट गरिन्छ । छनौट पश्चात अन्तराष्ट्रिया मञ्चमा नेपालको प्रतिनिधित्व गरि उपस्थित हुन पाईने भएकोले पनि अभिकर्ताहरु एमडिआरटीको टार्गेट पूरा गर्न थप लालायित हुने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

4%

अचम्मित

4%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS