काठमाडौं । विदेशबाट नेपाल फर्किदा ल्याउने मोबाइलमा तिर्नुपर्ने भनिएको भन्सार शुल्क तत्काल नलाग्ने भएको छ । विदेशमा रहेका नेपालीहरुले चौतर्फी रुपमा नो रेमिट्यान्स ह्यासट्यागको विरोध गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त व्यवस्था लागू नगर्न निर्देशन दिएको हो ।
सरकारले पुष १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रयोगमा ल्याउने योजना अनुरुप विदेशबाट आउने मोबाइल दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो । तर सरकारको योजनालाई चौतफी रुपमा विरोध गर्न थालेपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि नयाँ योजना लागू नगर्न निर्देशन दिएको हो ।