IME Life
GBIME

माण्डु हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जसको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम मूल्य १४८ रुपैयाँ थप गी प्रतिकित्ता २४८ रुैपैयाँँमा १६ लाख ३६ हजार ३७० कित्ता आईइपीओ निष्काशन गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

Crest

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

माण्डु हाइड्रोपावर लिमिटेडलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS