Connect IPS
IME Life

सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो सेन्ट्रल फाइनान्सको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको लाभांशसम्बन्धी सूचना धितोपत्र सूचीकरण विनियमावली बमोजिम नभएको भन्दै नेप्सेले पुस ६ गतेदेखि कारोबार रोक्का गरेको थियो । पुस ३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांशसम्बन्धी निर्णय पुस ६ गते कारोबार समय १२ः३९ मा सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको थियो ।

कम्पनीले मानवीय त्रुटिका कारण सूचना सार्वजनिक गर्न ढिला हुन गएको र भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकाले सचेत गराउँदै कारोबार फुकुवा गरेको हो । धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट यस वर्ष ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS