काठमाडौं । नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, राधी विद्युत् कम्पनी, लुम्बिनी विकास बैंक र बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको गरेको छ । यी कम्पनीहरूले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अब समायोजन भएको मुल्यको आधारमा कम्पनीहरुको दोस्रो बजारमा कारोबार खुल्नेछ ।
सिद्धार्थ बैंकको नेप्सेले १२ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ३०१ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३३९ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनश शेयरको समायोजनपछि नेप्सेले शेयर मूल्य २८७ रुपैयाँ ७७ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २९६ रुपैयाँ ४० पैसाको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले राधी विद्युत् कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य २११ रुपैयाँ ९३ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २२२ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
लुम्बिनी विकास बैंकको नेप्सेले ३ प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य ३३६ रुपैयाँ ८९ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३४७ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
बिन्ध्यबासिनी हाइड्रोपावरको नेप्सेले ५ प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य ३६५ रुपैयाँ ७१ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३८४ को आधारमा मूल्य समायोजन गरिएको हो ।