Connect IPS
IME Life

शाइन रेसुङ्गा डेभलपमेन्टको १४ औं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार भन्दा बढी बृक्षारोपण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर) वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षारोपण गरेको हो ।

Prabhu
Crest

वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह,वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ ।

जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवद्र्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षारोपण गरेर नयां उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षरोपण गरेको छ ।

बृक्षारोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए ।
लुम्बिनीलाई केन्द्र बनाउंदै प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंकको पहिचान बनाएको शाइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS