Connect IPS
IME Life

सिभिल बैंकद्धारा विभिन्न सहरमा डिजिटल अभियान सफल पार्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंक लिमिटेडले विभिन्न सहरमा डिजिटल सेवा सक्रिय बनाएको छ । बैंकले धनगढी, ललितपुर र जनकपुरमा डिजिल अभियानलाई सफल बनाएको हो । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान सफल हुँदै गएको हो ।

पछिल्लो समयमा सिभिल बैकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यो अभियान एक वर्ष अगाडी नै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।

Prabhu
Crest

यस्तै सिभिल बैंकको शक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ति स्थानका ग्राहकलाई नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।

यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफुलहरु पसललाई डिजिटलाइज गरिसकेको छ । विभिन्न शहर तथा व्यवसायलाई डिडिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रसंशाा गरे ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS