काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पारितका लागि पुस २९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल बागबजार, काटमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आइपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
कम्पनीको सञ्चालक समितिमा एकजना अनिवार्य महिला सदस्य रहने गरी कम्पनीको नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।