Connect IPS
IME Life

गृहमन्त्रीमा रबि, आफ्नो नागरिकता आफै छानबिन गर्ने भए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्ड नेतृत्वमा बनेको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का अध्यक्ष रबि लामिछाने गृहमन्त्रीमा नियुक्त हुने पक्का भएको छ । लामिछानेको पाटीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै उपप्रधामन्त्री र गृहमन्त्रीमा दाबी गरेका थिए ।

बहुमतसँगै नयाँ गठन हुने सरकारमा प्रधानमन्त्रीको रुपमा प्रचण्ड रहने भएका छन् भने अर्थमन्त्रीमा नेकपा एमालेका नेता विष्णु पौडेल नियुक्त हुने भएका हुन्। ७ दलका कुल १६६ सांसदको समर्थनमा बन्ने सरकारमा रास्वपाका अध्यक्ष लामिछाने भने गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रचण्डलाई समर्थन गर्ने जनमत, राप्रपा र नागरिक उन्मुक्ति पाटी भने सरकारबाहिरै बस्ने सोचमा रहेका छन् ।

Prabhu
Crest

सञ्चारकर्मीका रुपमा सक्रिय रहेका लामिछानेले गत असार महिनामा पाटी गठन गरेका थिए । पार्टी दर्तासँगै देशव्यापी दौडधूपमा रहेका उनले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा चितवन, क्षेत्र न.२ बाट प्रतिनिधिसभा चयन भएका थिए । पार्टी गठनसँगै उनको पार्टीले देशभरबाट २० सिट जितेका थिए । युवा पुस्ताको रोजाइमा परेको रास्वपाका अध्यक्ष लामिछानेको नागरिकताबारे भने बेला बेलामा निक्कै वादविवाद आउने गरेको छ । उनको नागरिकताको बारेमा निश्पक्ष छानविन गर्न भन्दै सर्वाेच्च अदालतमा मुद्धा समेत परेको छ । नागरिकता विवादमा रहेका लामिछाने आफै गृहमन्त्री नियुक्त हुने भएपछि नागरिकतामाथिको विवाद उनी स्वयमले छानविन गर्ने सम्भावना रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

18%

अचम्मित

41%

उत्साहित

12%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS