कठमाडौं । मनकामना केबलकारको सेवा अनिश्चितकालको लागि बन्द भएको छ । प्राविधिक समस्या आएकोले केबलकार सेवा आज सोमबारदेखि अर्को सूचना प्रकाशन भएसम्मको लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिद्युत आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको छ । यसको मर्मतको लागि केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरकै प्राविधिकहरू नै आउनु पर्ने भएकोले अर्को सूचना प्रकाशन नभए सम्म केवलकार सेवा स्थगन रहने कम्पनीले जनाएको हो ।
यसबाट पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी रहेको र यथासक्दो चाँडो सेवा सुचारू गर्ने कम्पनीले बताएको छ ।