काठमाडौं । साधना लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
1671769541606