काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ । कम्पनीको पुस ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको कार्यालय न्यौपाने टावर तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभामार्फत गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणलाई समेत सभाले पारित गर्नेछ । कम्पनीले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका विभिन्न प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।