काडमाडौं । मेगा बैंक नेपाल लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
त्यस्तै सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गरेको छ ।
१००ः९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् ।