काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आइपीओ निष्काशनका गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ लाख ६ हजार ९०९ कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस ४ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा रहेको छ । कम्पनीको औषधी कारखाना ललितपुरको महालक्ष्मी नगरपालिका लुभूमा छ ।