काठमाडौं । नेरुडे लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्नेलाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव १५७९ प्रतिशत नगद गरि कुल २३ दशमलव १५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।