काठमाडौं । नेप्सेले सेन्ट्रल फाइनान्स लिमिटेडलाई स्पष्टिकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले आइतबार लाभांशबारे निर्णय गरेर आज पुस ६ गते बुधबार शेयर कारोबारको समयमा पत्र पठाएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको हो ।
लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । त्यसकारण कम्पनीले यस्तो जानकारी बजार खुलिरहेको समयमा पठाएको भन्दै पत्र प्राप्त भएको मितिले ३ दिनभित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न समेत आग्रह गरेको छ ।
1671617231780