Connect IPS
IME Life

सुपर मादी हाइड्रोपावरको आइपीओ भर्ने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन समय थप भएको छ । कम्पनीको आइपीओमा पुस ५ गतेसम्म आवेदन दिने समय भएता पनि उक्त अवधिमा सबै शेयर विक्री नभएकाले पुस २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । पुस द्द१ गते अगाबै विक्री भएको खण्डमा आवेदन बन्द गर्ने जनाएको छ ।

कम्पनीले मंसिर २० गतेदेखि आइपीओ निष्काशन गरेको गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । अनुमति पाएको कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयन र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो ।

Prabhu
Crest

आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न सक्नेछन् ।

दुबै समूहका लगानीकर्ताले शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ ।

आवेदकहरुले विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS