काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यहि पुस २७ गते बुधबार सतौं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले घोषणा गरेको १३.३५ प्रतिशथत बोनस शेयर पुस १३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । बोनस शेयर प्रयोजनका लागि ०.६५ प्रतिशत अर्थात ५८ लाख ७२ हजार रुपैयाँ नगद लाभांशको पनि प्रस्ताव रेको छ ।
1671541316752