काठमाडौं । एनआइसी एशिया बैंकले यस पटक पनि लाभांश नदिने निर्णय गरेको छ । बैंकको पुस ५ गते साँझ ७ बजे सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
हिजो बसेको सञ्चालक समितिको बैठकले २०७९ असार मसान्तको वासलात आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको हो । यसको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश दिन पाएको थिएन । नेपाल राष्ट्र बैंकले बैंकलाई लाभांश वितरणमा रोक लगाउदै आएको छ ।
1671554424699